८ श्रावण २०८३, शुक्रबार

माछापुच्छ्रे बैंकका अध्यक्ष डा. महतो चयन, गभर्नर समक्ष लिए शपथ ग्रहण



काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष डा.उपेन्द्र महतोले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नरहरु, कार्यकारी निर्देशकहरु तथा अन्य पदाधिकारीका साथै माछापुच्छे बैंक सञ्चालक समिति सदस्यहरु तथा प्रमुख कार्यकारी अधिकृत लगायतको उपस्थिति रहेको थियो ।

माछापुच्छे बैंकको मंसिर १२ गते सोमबार बसेको ४७२ औ संचालक समितिको बैंठकले डा.उपेन्द्र महतोज्यूलाई संचालक समितिको अध्यक्षमा चयन गरेको थियो । राष्ट्रिय एंव अन्र्तराष्ट्रिय स्तरमा सफल उद्यमीको छवि बनाईसक्नु भएका डा.महतो “गैर आवासीय नेपाली संघ”का संस्थापक अध्यक्ष समेत हुन ।


प्रतिक्रिया दिनुहोस्