सेञ्चुरी कमर्सियल बैंकको लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ? « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

सेञ्चुरी कमर्सियल बैंकको लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ?



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले बुक क्लोजका लागि मिति तय गरेको छ । बैंकले आउँदो पुस ४ गते बुक क्लोज गर्ने भएको हो ।

बैंकको मंसिर २१ गते बसेको संचालक समितिको बैठकले पुस १४ गते साधारण सभा बोलाउने निर्णय गरेको छ । सभामा लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ ।

बैंकले गत आवको मुनाफाबाट हालको चुक्ता पुँजी ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

सो लाभांश नेपाल राष्ट्र बैंकबाट पनि स्वीकृत भएको बैंकले जनाएको छ। अब प्रस्तावित लाभांश साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ।


प्रतिक्रिया दिनुहोस्