गोदाम भरियो, किसान रित्तै

नवराज कट्टेल, विराटनगर । बन्दाबन्दीसँगै दूधको खपत घटेपछि माग पनि घट्यो । नियमित बिक्री प्रणालीमा असर पुगे पनि दुग्ध वितरण आयोजना विराटनगरले किसानसँग दूध खरिद गर्न भने छोडेन । किसानसँग खरिद गरेको दूधलाई धुलो बनाउँदै भण्डारण गर्ने योजना अगाडि सारेको आयोजना भुक्तानी असन्तुलनमा प¥यो ।
दूध बिदा हुन नदिन किसानको उत्पादन खरिद गरेर प्रशोधन गरे पनि पाउडर र दूधसमेत बिक्री नहुँदा आयोजनालाई किसानको भुक्तानीमा समस्या परेको हो ।
अझै समस्या थपियो, आयोजना प्रमुख गणेशकुमार यादवले भन्नुभयो, “पाउडर राख्ने बोरादेखि गोदामसम्म अभाव भइसक्यो, किसानको भुक्तानी पनि बढ्यो, न दूध बिक्री हुन्छ न त पाउडर । कोरोना विषाणुका कारण आर्थिक प्रणालीमा परेको असर बिस्तारै ग्रामीण क्षेत्रका किसानका घरसम्म भित्रिन थालिसकेकोे छ । ”
विराटनगरस्थित आयोजनाको गोदाममा एक लाख २५ हजार किलोग्राम मखन, ९० हजार किलोग्राम धुलो दूध र १० हजार किलोग्राम घिउ बिक्री नभएर थन्किरहेको छ । उत्पादनको मुख्य बजार काठमाडौँ रहेको र बन्दाबन्दीपछि माग नभएका कारण पठाउनसमेत नसकिएको हो । प्रदेश १ का मोरङ, सुनसरी, झापा, धनकुटा, पाँचथर र इलाम गरी छ जिल्लाका किसानबाट कच्चा दूध खरिद गरिरहेको छ । सबै जिल्लाका किसानको दूधको भुक्तानी पठाउन नसकिएको यादवले जानकारी दिनुभयो ।
आयोजनाले दुग्धजन्य पदार्थको यथेष्ट बिक्री नहुँदा उसको सेवा क्षेत्रभित्रका ११ हजार किसानको दस करोड रुपियाँ भुक्तानी गर्न नसकेर रोकेको छ । चैतको पहिलो हप्तादेखिको भुक्तानी दिन नसकेपछि व्यावसायिक उत्पादन गर्नेदेखि भरथेगका लागि उत्पादन गर्ने किसानलाई समस्या परेको गुनासो आयोजनासम्म आउन थालेको छ ।
आयोजनाले बन्दाबन्दीको अवधिमा सोचेभन्दा धेरै स्किम्ड मिल्क पाउडर ९एसएमपी० उत्पादन गरेको छ । धुलो दूध उत्पादन अधिक गर्नुपरेपछि व्यवस्थापनका लागि बोरादेखि भण्डारणसम्म अभाव खेप्न परेको प्रमुख यादवको दाबी छ । उहाँका अनुसार एसएमपी राख्ने बोरा सकिएपछि आयोजनाले डब्लुएमपी ९होल मिल्क पाउडर० र डेरी ह्वाइटनर ९चिनी मिसाइएको धुलो दूध०का बोरामा एसएमपीको स्टिकर टाँसेर प्रयोगमा ल्याएको छ । आयोजनाले बन्दाबन्दी अगाडि दैनिक ३० हजार लिटर दूधको एसएमपी बनाउँदै आएको थियो तर बन्दाबन्दीपछि चैत १५ देखि दैनिक ७० हजार लिटरसम्म दूध प्रशोधन गर्नुपर्ने अवस्था आएपछि अहिले धेरै किसिमका समस्या थपिएका हुन् ।
किसानको दूध खेर जान नदिन र मिल्क होलिडे हुन नदिन आयोजनाले पूर्वका निजी क्षेत्रका डेरीले सङ्कलन गरेको दूधबाट एसएमपी उत्पादन गरिरहेको छ । दुग्ध विकास संस्थानअन्तर्गतका हेटौँडा, बुटवल र जनकपुरको समेत दूध पाउडर बनाउनेदेखि पूर्वको इलाम, पाँचथर, तेह्रथुम, धनकुटा र झापासम्मका किसानलाई राहत मिलेको थियो ।गोरखापत्र