एनएमबि बैंकको शेयर सर्वसाधारणका लागि बिक्री खुला, प्रतिकित्ता कति ?
काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ४४ लाख ७६१ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।
उक्त शेयरको न्यूनमत मूल्य १८० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।
उक्त शेयर खरिद गर्ने चाहने इच्छुक संस्थापक शेयरधनी वा अन्य जोकोही ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी पुस ४ गते भित्र बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड नागपोखरी, काठमाडौंमा बोलपत्र आवेदन फारम बुझाउन सक्नेछन् ।
यसमा न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । ५ लाख रुपैयाँ भन्दा बढी रकमको आवेदन दिनेले प्यान नम्बर पनि फारममा उल्लेख गर्नु पर्नेछ ।













