८ श्रावण २०८३, शुक्रबार

शेयर खरिद गर्ने हो ? नबिल बैंकले ल्यायो ३ लाख कित्ता बिक्रीमा



काठमाडौं । नबिल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ३ लाख २ हजार ५४५ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

कम्पनीको संस्थापक शेयरधनी हिमालयन क्यापिटल मार्केट्स एण्ड इन्भेष्टमेन्टले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (मंसिर २७ गते) ले ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय तिनधारा विणामार्ग दरबारमार्ग काठमाडौं स्थित कम्पनी सचिवको कार्यालयमा आवेदन दिन सकिनेछ ।

साथै, तोकिएको अवधि भित्र शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई आवेदन खुला गर्ने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्