नेपाल एसबिआई बैंकको संचालक समितिको अध्यक्षमा जयती बन्सल नियुक्त
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको संचालक समितिको अध्यक्षमा जयती बन्सललाई नियुक्त गरेको छ ।
बैंकको संस्थागत शेयरधनी स्टेट बैंक अफ इण्डिया (एस.बी.आई) को तर्फबाट बैंकको संचालक समितिमा संचालक तथा अध्यक्षको रुपमा प्रतिनिधित्व गर्दै आएका राजिव अरोराको स्थानमा जयती बन्सललाई नियुक्त गरेको हो ।
साथै, मंसिर २६ गते बसेको संचालक समितिको बैठकले बन्सललाई संचालक समितिको अध्यक्षमा नियुक्त गरेको हो ।














