८ श्रावण २०८३, शुक्रबार

मुद्रास्फीति नियन्त्रण गर्न राष्ट्र बैंक चनाखो भएको र अर्थतन्त्र सन्तुलनमा राख्न चुक्दैंनौ: गभर्नर अधिकारी



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुद्रास्फीति नियन्त्रण गर्न राष्ट्र बैंक चनाखो भएको र अर्थतन्त्रलाई सन्तुलनमा राख्न केन्द्रिय बैंक नचुक्ने बताएका छन् । नेपाल बैंकर्स संघले आज आफ्नो ३६ औं वार्षिक साधारणसभा बोल्दैं गभर्नर अधिकारीले देशको अर्थतन्त्र सुधारउन्मुख रहेको र बैंकहरुमा तरलताको उपलब्धता बढ्दै गएको बताएका हुन ।

देशको अर्थतन्त्र आन्तरिक उत्पादनमा केन्दि«त भई रेमिटेन्स माथिको निर्भरता कम गर्नुपर्ने उनको भनाई थियो । सभा बोल्दैं संघका अध्यक्ष अनिल कुमार उपाध्यायले हाल सरकार, नेपाल राष्ट्र बैंक र निजी क्षेत्रको मिलन बिन्दु नै मुख्य चुतौती रहेको बताएका छन् । उनले विद्यमान बैंकिङ्ग प्रणालीमा चुनौतीको रुपमा रहेको उच्च व्याजदर, स्रोत संकलन, अर्थतन्त्रमा आएको मन्दी, बढ्दो व्यापार घाटाका कारण तरलतामा परेको चापको कारण बैंकहरुको कर्जा गुणस्तरमा आएको प्रभाव परेको समेत बताउनुभयो । यसै गरी घट्दै गएको स्प्रेड दर र आरओईले बैंकहरुमा थप चुनौती थपेको पनि बताए ।

सो साधारणसभामा संघको कार्यकारिणी समितिका तीन जना सदस्यहरुको निर्वाचनको कार्यक्रम समेत रहेकोमा सभाले कार्यकारिणी समितिका तीन जना सदस्यहरुलाई निर्विरोध निर्वाचित गरेको छ । ३ जना निर्वाचित सदस्यहरु मध्ये श्री दीपक कुमार दे, प्रमुख कार्यकारी अधिकृत, नेपाल एस.बि.आई बैंक लिमिटेड र सन्तोष कोइराला, प्रमुख कार्यकारी अधिकृत, माछापुच्छ बैंक लिमिटेड पुनः सदस्यमा निर्वाचित हुनु भएको छ भने अर्को सदस्यमा सुदेश खालिङ, प्रमुख कार्यकारी अधिकृत, एभरेष्ट बैंक लिमिटेड निर्वाचित हुनु भएको छ ।

संघको वार्षिक साधारणसभाको अवसरमा प्रत्येक वर्ष बैंकि· क्षेत्रमा उल्लेखनीय योगदान दिनुहुने व्यक्तित्वलाई सम्मान गर्ने परम्परालाई निरन्तरता दिंदै यस वर्ष डा. तिलक रावललाई सम्मान–पत्र प्रदान गरिएको छ । डा. रावलले नेपाल राष्ट्र बैंकको गभर्नर, संविधान सभाको सदस्य, नेपाल बैंकर्स संघको अध्यक्ष, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको कार्यकारी अध्यक्ष, कृषि विकास बैंक लिमिटेडको महाप्रबन्धक लगायत राष्ट्रिय÷अन्तर्राष्ट्रिय संघ संस्थाहरुको विभिन्न ओहोदामा रही समस्त अर्थतन्त्र तथा बैंकिङ्ग क्षेत्रको विकासका लागि विगत चार दशक भन्दा अधिक समय देखि अनवरत रुपमा योगदान गर्दै आउनु भएको छ ।

सम्मान–पत्र ग्रहण पश्चात् डा. रावलज्यूले कार्यक्रममा आफ्नो मन्तब्य राख्दै हालका दिनमा विश्व अर्थतन्त्रमा नै समस्या देखिएको र नेपालको अर्थतन्त्र दक्षिण एसियाली मुलुकहरुको तुलनामा बलियो देखिएको बताए । हाल देखिएको समस्या निरुपण गर्न र अर्थतन्त्रलार्ई बलियो बनाउन सबै मिलेर जानुपर्ने पनि बताए ।

कार्यक्रमको अन्तमा संघका उपाध्यक्ष सुनिल केसीले अर्थतन्त्रमा देखिएका जटिलता सामना गर्न संघ तत्पर रहेको र सबै मिलेर चुनौतीको सामना गर्नुपर्ने बताए । तत् पश्चात उपस्थित सबैलाई धन्यबाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए । संघको वार्षिक कार्यक्रममा गभर्नर लगायत अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाका पदाधिकारीहरु, विभिन्न संघ÷संस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति थियो ।


प्रतिक्रिया दिनुहोस्