यस्तो छ भोलिदेखि लागू हुने प्रभु बैंकको नयाँ ब्याजदर, कुनमा कति ?
काठमाडौं । प्रभु बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भोलि अर्थात पुस १ गतेदेखि लागू हुनेगरि विभिन्न खातामा नयाँ ब्याजदर प्रकाशित गरेको हो ।
बैंकले प्रकाशन गरेको नयाँ व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ७.१३३ प्रतिशतदेखि अधिकतम १०.१३३ प्रतिशतसम्म ब्याज दिनेछ ।
यस्तै, बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम १०.१३३ प्रतिशत देखि अधिकतम १५.१३ प्रतिशतसम्म तोकिएको छ । बैंकले रेमिट्यान्स रेमिट्यान्स मुद्दती खातामा १५.१३ प्रतिशत व्याज प्रदान गर्ने छ ।














