गाडी, मोटरसाइकल, मोबाइल र मदिरामा लगाइएको आयात प्रतिबन्ध हट्यो, तर छैन अपेक्षित सुधार - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

गाडी, मोटरसाइकल, मोबाइल र मदिरामा लगाइएको आयात प्रतिबन्ध हट्यो, तर छैन अपेक्षित सुधार



काठमाडौं । केही विलासी वस्तुको आयातमा सरकारले गत वैशाखदेखि लगाएको प्रतिबन्ध शुक्रबारबाट हटेको छ ।

सबै प्रकारका विदेशी मदिरा, निजी गाडी तथा कार, जीप र भ्यान, ३ सय अमेरिकी डलरमाथिका स्मार्ट फोन एवम् १ सय ५० सीसीमाथिका मोटरसाइकलको आयातमा लगाइएको प्रतिबन्ध हटाइएको हो । सरकारले केही दिनअघिमात्रै पुस १ बाट त्यस्ता सबै प्रतिबन्ध हटाउने निर्णय गरेको थियो ।

विदेशी मुद्राको सञ्चिति घटेर अर्थतन्त्रमै समस्या पर्ने स्थिति आएपछि नेपाल राष्ट्र बैंकको सुझावमा सरकारले विलासी वस्तुको आयातमा वैशाख १३ देखि प्रतिबन्ध लगाएको थियो । रंगीन टीभी, सबै प्रकारका खेलौना, कुरमुरे, कुरकुरे, लेज लगायत वस्तुको आयातमा लगाइएको प्रतिबन्ध भने भदौ १४ मा फुकुवा गरिएको थियो ।

यद्यपि, प्रतिबन्ध लगाउनु अघिको अवस्थासँग तुलना गर्दा अहिले पनि अर्थतन्त्रमा उल्लेख्य सुधार भएको छैन । गत चैत मसान्तमा ९ अर्ब ६१ करोड अमेरिकी डलर बराबरको विदेशी विनिमय सञ्चिति रहेकोमा गत कात्तिक मसान्तसम्म आउँदा ९ अर्ब ६३ करोड डलर पुगेको छ ।

राष्ट्र बैंक स्थापना भएको ५५ वर्षमा जति विदेशी मुद्रा सञ्चिति भएको थियो, त्यति नै बराबरको विदेशी मुद्रा १ वर्षमै रित्तिएको नेपालमा २ करोड डलर बढ्नुले कुनै अर्थ राख्दैन ।


प्रतिक्रिया दिनुहोस्