सानिमा बैंकको प्राथमिकता अब जलविद्युत र विपन्न वर्गतर्फ केन्द्रित : अध्यक्ष पौडेल
काठमाडौं । सानिमा बैंकका अध्यक्ष तुक प्रसाद पौडेलले अझै बैंकलाई सबल र विश्वसनीय बनाउन केन्द्रित रहेको बताएका छन् ।
उनले १८औं वार्षिक साधारण सभालाई सम्वोधन गर्दै बैंकलाई सबल र विश्वसनीय बनाउनेतर्फ आवश्यक प्रविधि, जोखिम ब्यवस्थापन, कर्मचारी ब्यवस्थापन, सुदृढ एवं उत्कृष्ट सेवा सुविधाहरु आदिमा जोड दिने बताए ।
बैंकले डिजिटल बैंकिङ्ग सेवा विस्तारलाई समेत मुख्य प्राथमिकता दिई सोही बमोजिम आफ्ना काम कारवाहीहरुलाई अघि बढाई रहने अध्यक्ष पौडेलले प्रतिवद्धता व्यक्त गरे ।
बैंकिङ क्षेत्रले समग्र अर्थतन्त्र र व्यक्तिको जीवनमा अहम भूमिका खेल्ने हुनाले हामी हाम्रा ग्राहकवर्गलाई आवश्यक सेवाहरु सरल र सुलभ ढंगले प्रदान गर्दै देशको आर्थिक वृद्घिमा टेवा पु¥याउन प्रतिबद्घ रहेका उनले जानकारी गराए ।
सोही अवसरमा उनले भने, संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत समुदायहरुको दिगो आर्थिक र सामाजिक विकासको प्रवद्र्घन गर्न योगदान गर्दै आइरहेका छौं र यसलाई निरन्तरता दिने नै छौं । बैंकले देशको दिगो विकास लाई मध्यनजर गर्दै आफ्ना प्राथमिकताहरु जलविद्युत तथा विपन्न वर्ग तर्फ पनि केन्द्रित गरी अघि बढाइरहने छौं ।
बैंकिङ्ग क्षेत्रमा रहेको तीव्र प्रतिस्पर्धाका बीच पनि सानिमा बैंकले वित्तीय क्षेत्रमा आफ्नो सफल तथा फरक पहिचानलाई निरन्तरता दिन सक्षम रहेको उनले जानकारी गराए ।













