२३ श्रावण २०८३, शनिबार

आज एकैदिन तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम मौका, कुनको बोनस कति ?



काठमाडौं । आज तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज गरिमा विकास बैंक, नेपाल इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको छ।

सो दिन गरिमा विकास बैंकको १४.५० प्रतिशत लाभांश सुरक्षि गर्ने अन्तिम मौका रहेको छ । बैंकले भोलि अर्थात पुस ८ गते साधारण सभा प्रयोजनका लागि बुक क्लोज गर्ने भएको छ । सो कारण आजसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् । बैंकले गत आवको मुनाफाबाट १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले १६औं वार्षिक साधारण सभा पुष २२ गतेका लागि बोलाएको छ । सभा होटल पोखरा ग्राण्ड पोखरा कास्कीमा बस्ने गर्री आव्हान गरेको हो ।

यस्तै, आज नेपाल इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने पनि अन्तिम मौका रहेको छ। कम्पनीले पनि सभा प्रयोजन र लाभांशका लागि कम्पनीले पुस ८ गतेदेखि २२ गतेसम्म बुक क्लोग गर्ने भएको छ । सो कारण पुस ७ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्ने सक्नेछन् ।

कम्पनीले गत आव २०७८/७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरलाई ८ प्रतिशत बोनस र ०.४२११ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले ७४औं वार्षिक साधारण सभा पुस २२ गतेका लागि बोलाएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

त्यसैगरि प्राइम लाइफ इन्स्योरेन्स कम्पनी पनि साधारण सभा प्रयोजनका लागि पुस ८ गते बुक क्लोज गर्ने भएको हुदाँ पुस ७ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १३ प्रतिशत बोनस शेयर र ०. ६८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले आफ्नो १५औं वार्षिक साधारण सभा पुस २४ गतेका लागि बोलाएको छ । सभा अग्रवाल भवन कमलपोखरी काठमाडौंमा दिउँसो २ बजे बस्ने गरी आव्हान गरेको हो ।