एनआइसी एशिया बैंकको बैंकिङ सेवा दुई दिन अवरुद्ध हुने
काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडको बैंकिङ सेवा अबरुद्ध हुने भएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै दुई दिन बैंकिङ सेवा अवरुघ हुने जनाएको हो ।
बैंकको कोर बैंकिङ सिस्टमको स्तरोन्नतिको लागि आज (पुस ८ गते) बैंकिङ कारोबार समय पश्चात शनिबार (पुष ९ गते) अपरान्हसम्म सेवा बन्द हुने भएको हो ।
सो समयमा इन्टरनेट बैंकिङ, मोबइल बैंकिङ, एटिएम कार्ड, रेमिट्यान्स लगायतका सेवाहरु अवरुद्ध हुने जनाएको छ ।















