एक बैंकले पठायो सम्वन्धित सेयरधनीको खातामा लाभांश, तपाईकोमा आयो ? « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

एक बैंकले पठायो सम्वन्धित सेयरधनीको खातामा लाभांश, तपाईकोमा आयो ?



काठमाडौं । ग्लोबल आइएमई बैंकले नगद लाभांश वितरण गरेको छ । बैंकले सम्वन्धित सेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको हो ।

बैंकको गत मंसिर २३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० दशमलव ६ प्रतिशत नगद लाभांश( कर सहित) बैंक खातामा जम्मा गरिदिएको जनाएको छ ।

बैंकले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको खातामा मंसिर २५ गते पठाएको जनाएको छ । हालसम्म पनि हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक नगराएका शेयरधनीहरुले हितग्राही खातामा बैंक खाता नम्बर यथाशिघ्र अद्यावधिक गराउन अनुरोध गरेको छ ।

कम्पनीको सेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्