शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका



काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज (पुष ११ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि पुष १२ गतेदेखि पुष २५ गतेसम्म बुक क्लोज गर्ने भएको हुदाँ पुष ११ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

बैंकले आफ्ना सेयरधनीलाई १३।३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।७० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस २५ गते, सोमबार, ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटल, मणिग्राम, रुपन्देहीमा चौधौँ वार्षिक साधारण सभा बोलाएको हो ।

सभाले अन्य बैंक तथा वित्तीय संस्था एक आपसमा मर्जर तथा एक्विजिशन सम्बन्धी आवश्यक कार्यहरु गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु समेत पारित गर्ने एजेण्डा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्