भेटायो एप र फेशियल हाउस विशेष सहकार्य, आगामी वर्षमा ५ हजार रोजगारी उपलब्ध गराउने
काठमाडौं । सरकारले सङ्कलन गरेको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा बेरोजगारी नागरिकको संख्या गत वर्षको तुलनामा झण्डै एक लाख भन्दा बढीले वृद्धि भएको देखिएको छ । यस्ता बेरोजगारीको समस्यालाई सम्बोधन गर्न सरकारलाई विभिन्न चुनौतीहरुको सामना गर्नु परिरहेको छ । बेरोजगारीको प्रमुख कारण हो सीप तथा दक्षताको कमी ।
भेटियो एप, अनलाइनमा आधारित सेवा प्रदायक एप÷संस्थासँगै समाहित अनुहार घर (सौन्दर्य र सीप उद्योग) को उद्देश्यले बेरोजगार युवाहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा रोजगारी सिर्जना गर्नका लागि व्यवसायिक तथा सिपमुलक तालिम आयोजना गर्न लागिएको छ । जसले समावेशी, पिछडिएको र सीमान्तकृत समुदायका लागि आम्दानीको श्रोत बलियो बनाउने लक्ष्य राखेको छ ।
यसैगरी दुवै पक्षले लाभ लिन एकअर्काको सम्बन्धित शक्ति, अनुभव, विधि र स्रोत तथा साधनहरूको परिचालन र पहँुचमा विस्तार गर्ने र जसमा करिब ५ हजार व्यक्तिलाई तालिम दिने योजना बनाएको छ । साथै उनीहरूलाई आर्थिक रूपमा सवल एवम दक्ष तथा आर्थिक रुपमा स्तरीय रोजगारी पाउन सहयोग पुग्नेछ ।
भेटियो एपमा सेवा लिने र रोजगार प्रदान गर्ने ग्राहकको सुविधाका लागि गुणस्तरीय सेवा उपलब्ध गराउने प्लेटफर्म हो । भेटायोले गुणस्तरीय सेवा उपलब्ध गराउने कार्य मात्र नगरी दक्ष जनशक्ति उत्पादन गरी बजार प्रवद्र्धन गर्न निरन्तर रुपमा काम गर्ने विभिन्न तालिम र सहकार्य मार्फत अघि बढाउने काम गर्दछ ।













