जनमत पार्टीका अब्दुल खान उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बन्ने
काठमाडौं । जनमत पार्टीका अब्दुल खान उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बन्ने भएका छन् ।
संसद भवन, बानेश्वरमा सोमबार बसेको सत्ता साझेदार दलहरुका शीर्ष नेताहरुको बैठकमा जनमत पार्टीले यो मन्त्रालय लिने सहमति भएको हो । अध्यक्ष डा। सीके राउतका अनुसार खानलाई आफ्नो पार्टीबाट सरकारमा पठाउने निर्णय गरिएको छ । आफू सरकारमा नजाने उनलेले बताए ।












