एनसीसी बैंकको १० लाख कित्ता शेयर बिक्रीमा, क-कस्ले खरिद गर्ने पाउँछन् ?
काठमाडौं । एनसीसी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १० लाख ३९ हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो ।
बैंकका ७ जना संस्थापक शेयरधनीहरुले आफ्ना नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।
उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (पुष १२ गते) ले ३५ दिन भित्र बैंकको बागबजारस्थित सेयर विभागमा लिखित निवेदन दिन सक्नेछन् ।
साथै, तोकिएको अवधि भित्र उक्त शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।














