आरआर क्याम्पसमा स्ववियुको सरगर्मी: यी हुन् अनेरास्ववियु भित्र सभापतिका उम्मेदवार, कस्को पल्ला भारी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय गरेको छ । लामो समय देखि नेतृत्व विहिन क्याम्पसहरुमा स्ववियु निर्वाचन हुने भएसँगै माहोल तातेको छ ।
निर्वाचन तोकिएसँगै सम्पूर्ण विद्यार्थी संगठनले स्वागत गर्दै क्याम्पस क्याम्पसमा माहोल तात्न सुरु भइसकेको छ । सबैभन्दा बढि माहोल काठमाडौं मुटुमा रहेको रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसमा तात्न सुरुभएको छ । स्ववियु निर्वाचनमा आरआर क्याम्पसमा सबै भन्दा बलियो संगठन एमाले निकट अनेरास्ववियु भित्र पनि अब टिकट कस्ले पाउला भन्ने चासो बढेको हो ।
देशैभरी त्रिविका ६२ आंगिक क्याम्पसमध्ये आरआरमा सबैं विद्यार्थी संगठनको नजर हुने गरेको छ । २०७३ साल पछि स्ववियु हुन नसकेको क्याम्पसमा यस पटक चाहिँ पक्का भएपछि विद्यार्थी संगठन तिव्र रुपमा लाएका छन् ।
आरआर क्याम्पसमा सधैं अनेरास्ववियुको पकड राम्रो हुने भएकाले यस संगठनबाट कसले टिकट लिन्छ भन्ने विषयमा यस क्याम्पस बाहिर भित्र जताततै चर्चा सुरु हुन थालेको छन् । सभापति लागि उम्मेदवारहरु आफु केन्द्रदेखि विद्यार्थी माझ लबिङ सुरु गर्ने थालिसकेको छन् ।
अनेरास्ववियुको आरआरमा सबै भन्दा बलिया उम्मेदवारमा काठमाडौं क्याम्पस जिल्ला कमिटि सचिव उज्वल खड्का, क्याम्पस कमिटि अध्यक्ष मदन भण्डारी र उपाध्यक्ष लोकेश खड्कालाई लिइरहेको छ ।
उज्ज्वल खड्का
मास्टरमा अङ्ग्रेजी अध्ययन गर्दै गरेको उज्ज्वल खड्का अनेरास्ववियु अब्बल र विशेष क्षमताका उम्मेदवारको रुपमा हेरिएको छ । विद्यार्थी माझ प्रिय खड्का संसद बिघटन हुदाँ आन्दोलन थेग्ने एक मात्र पात्र पनि हुन् । सबै एकातिर हुदाँ उनले अनेरास्ववियु संगठन तिव्र र आन्दोलन रुपमा स्थापित गरेका थिए । खड्का निरन्तर विद्यार्थी मुद्दा र समस्या पदमा रहँदा पनि र नरहँदा पनि सधैं आवाज उठाउने नेताको रुपमा पनि परिचित छन् । बैचारिक रुपमा पनि भव्य खड्कालाई धेरैले यसपालि अनेरास्ववियु न्याय गर्नु पर्छ भनेर सभापति रुपमा हेरिएको छन । उनले पनि आफु स्ववियुमा एक सक्षम उम्मेदवार रहेको दाबि गरेका छन् ।
मदन भण्डारी
बलिया उम्मेदवार रुपमा हेरिएको मदन भण्डारी २०७० सालबाट क्याम्पसमा निरन्तर राजनीति हुमिएर अनेरास्ववियु क्याम्पस कमिटी सदस्य सहसचिव हुदंै अहिले संगठन अध्यक्ष छन् । उनी २०७३ सालमा भएको स्ववियु सदस्य सबैभन्दा बढी मत लेराउने उम्मेदवार पनि हुन् । सबैभन्दा लामो र संगठन हरेक खुड्किला पार गरेको कारण उनी स्ववियु सभापति उमेदवार हुन् ।
लोकेश खड्का
विद्यार्थी माझ लोकप्रिय अर्का उम्मेदवार लोकेश पनि सभापतिको दाबेदारका रुपमा अघि सरेका छन् । विद्यार्थीका रहेका मुद्धा सक्रिय खड्का संगठन विस्तार देखि विद्यार्थी आन्दोलनमा महत्वपूर्ण भुमिमा खेल्दैं आएका छन् । क्याम्पसमा रहेका समस्यामा अग्रसर भइ विद्यार्थीका समस्या समाधानका लागि रात दिन लागि रहेने खड्का लागि सभापतिको सक्षम उम्मेदावरको रुपमा लिइएको छ ।
राज न्यौपाने
२०७२ सालमा क्याम्पस प्रवेश गरेको न्यौपाने संगठन प्रती र विद्यार्थी काम गर्ने विद्यार्थी नेताको रुपमा आफु लाई परिचित बनाउन सफल भएको छन् । सबै संगठनसँग राम्रो व्यवहार राख्न सक्ने न्यौपाने यसपालि जसरी पनि टिकट लेराउने पक्षमा छन् । उनलाई ईमानदार नेताको रुपमा पनि लिन्छन् निरन्तर संगठन र विद्यार्थीसँग रमाउने न्यौपाने सभापति उमेदवार हुन् ।
धर्म न्यौपाने
अनेरास्ववियु केन्द्रीय सदस्य धर्म न्यौपाने लाई पनि सभापति रुपमा हेरिएको छ । उनी निकै सालिन र मिलनसार स्वाभावका छन् । उनी विद्यार्थी माझ छुट्टै छवि भएको सभापति निकट र नजिक भएको कारण उनलाई पनि बलियो उमेदवार रुपमा हेरिएको छन् ।
दिलिप खड्का
निरन्तर संगठन लाग्ने दिलिप खड्का पनि २०७२ सालमा क्याम्पस प्रवेश गरेको हुन् । विद्यार्थी काम गरेर स्थापित भएको खड्का सभापति रुपमा हेरिएको छ ।
सुजिता धिताल
अनेरास्ववियु केन्द्रीय सदस्य सुजाता धिताल पनि सभापति रुपमा हेरिएको छ । अनेरास्ववियु केन्द्रीय नेतृत्व महिला भएको कारण सभापति महिला बनाउनु पर्ने भन्ने चर्चा पनि चल्न थालेको छन् । उनी स्ववियु सदस्य पनि हुन् ।
गगन सिंह बस्नेत
अनेरास्ववियु पुस्ता हस्तान्तरण मुद्दा लिएर क्याम्पसमा ५, ६ वर्ष भन्दा बढि राजनीति गर्नु हुदैनन् भनेर विद्यार्थी काम र संगठन निरन्तर क्रियासिल बस्नेत पनि सभापतिको दाबेदारका रुपमा हेरिएका छन् । अनेरास्ववियु पछिल्लो समयमा निकै गाउण राम्रो भएको नेता हुन् । संसद बिघट हुदा उज्ज्वल खड्का नेतृत्व मानेर बस्नेत संगठन जोगाउन धेरै महत्त्वपूर्ण भुमिका र दुख गरेका छन् बस्नेत लागि अनेरास्ववियु संगठन अध्यक्ष रुपमा पनि हेरिदा हेरिदै संगठन सिनियर जुनियर नहुने भन्दै सभापति लागि लबिङ गरिरहेका छन्
विसं २०६५ साल चैत ६ गतेपछि एकै पटक आठ वर्षमा २०७३ चैत १५ गते भएको थियो । त्यतिबेला देशैभरी त्रिविका ६२ आंगिक क्याम्पसमध्ये रत्नराज्य क्याम्पस (आरआर), जनप्रशासन क्याम्पससहित उपत्यकामा नौ वटा आंगिक र उपत्यका बाहिर १७ क्याम्पसमा मात्र स्ववियु निर्वाचन भएको थियो । यस्तै उपत्यकाका १३ क्याम्पस र उपत्यका बाहिर २३ वटा आंगिक क्याम्पसमा निर्वाचन हुन सकेको थिएन । त्रिविमा ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस रहेका छन् । स्ववियु निर्वाचन २८ वर्ष उमेरहदवन्दी र मिश्रित निर्वाचन प्रणाली लागू गरिएको छ ।