गरिमा विकास बैंकका सीईओ ढकालको तलब १ करोड १० लाख, अन्य पदाधिकारीको कति ? « Arthapath.com
२४ असार २०८२, मंगलबार

गरिमा विकास बैंकका सीईओ ढकालको तलब १ करोड १० लाख, अन्य पदाधिकारीको कति ?



काठमाडौं । गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) गोविन्द ढकाल ले १ करोड बढी तलब भत्ता बुझको छन् ।

सीईओ ढकाललाई बैंकले गत आर्थिक वर्ष २०७८÷७९ मा तलब भत्ता वापत १ करोड १० लाख ८८ हजार २४१ रुपैयाँ रकम दिएको हो । उक्त रकम तलब, भत्ता, पोशाक, दशैं भत्ता, कर्मचारी संचयकोष लगायतका शिर्षकबाट दिइएको हो ।

साथै, नायब प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव माधव प्रसाद उपाध्यायलाई ६४ लाख ६२ हजार ३८ रुपैयाँ तलब भत्ता बाफत प्रदान गरेको हो । सीइओ र नायव सीइओलाई नियमानुसार कर्मचारी बोनस बिदा बापतको रकम समेत प्रदान गरीएको छ । साथै, सीइओ ढकाल र नायव सीइओ उपाध्यायलाई आवासको लागि घर भाडामा लिइ उपलब्ध गराईएको छ ।

त्यस्तै संचालक समिति अध्यक्ष श्याम प्रसाद बस्यालले भन्दा संचालकहरुले भत्ता बढी बुझेका छन् । अध्यक्ष बस्यालले १ लाख ८० हजार रुपैयाँ भत्ता बापत बुझेका हुन । अन्य संचालक आनन्द प्रसाद श्रेष्ठले १ लाख ९८ हजार रुपैयाँ, दिपेन्द्र श्रेष्ठले २ लाख ७४ हजार रुपैयाँ, बिमल पाण्डेले २ लाख २३ हजार रुपैयाँ, संजीव ढकालले १ लाख ९८ हजार रुपैयाँ र सरस्वती पाठकले १ लाख ९४ हजार रुपैयाँ भुक्तानी गरीएको हो ।


प्रतिक्रिया दिनुहोस्