बैङ्क तथा वित्तीय संस्था परिसंघको अध्यक्षमा गोल्यान, महासचिवमा भण्डारी  - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बैङ्क तथा वित्तीय संस्था परिसंघको अध्यक्षमा गोल्यान, महासचिवमा भण्डारी 



काठमाडौं । बैङ्क तथा वित्तीय संस्था परिसंघको अध्यक्षमा पुनः पवन गोल्यान अध्यक्षमा चयन भएका छन् । सङ्घको आइतबार सम्पन्न तेस्रो अधिवेशनले गोल्यानलाई नै एक कार्यकाल अध्यक्ष दोहो¥याएको हो ।  

अधिवेशनले त्यसै गरी वरिष्ठ उपाध्यक्षमा मेगा बैङ्कका अध्यक्ष भोजबहादुर शाह, अर्का उपाध्यक्षमा महालक्ष्मी विकास बैङ्कका अध्यक्ष राजेश उपाध्याय, महासचिवमा सिटिजन्म बैङ्कको अध्यक्ष राजनसिंह भण्डारी चयन भएका छन् । भण्डारी अध्यक्ष बन्ने दौडमा रहे पनि अन्तमा गोल्यन अध्यक्ष र भण्डारी महासचिव बनेका हुन् । भेलाले १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।  

त्यस्तै कोषाध्यक्षमा एनआइसी एसिया बैङ्कका अध्यक्ष तुलसीराम अग्रवाल, सचिवमा रिलायन्स फाइनान्सका अध्यक्ष कुशकुमार मल्ली र सह–कोषाध्यक्षमा हिमालयन बैङ्कका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ चयन हुनुभएको वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाहले बताए । 

सदस्यहरूमा उपेन्द्र पौड्याले, उपेन्द्र केशरी न्यौपाने, लिला प्रकाश सिटौला, मोतिलला दुगड, राधेश पन्त, भरत ढकाल, महेन्द्रकुमार गोयल, प्रा.डा. हिरण्य प्रधान रहेका छन् । 


प्रतिक्रिया दिनुहोस्