मेगा बैंकको कामु सीइओको जिम्मेवारीमा महेश शर्मा ढकाल

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको कायम मुकायम कार्यकारी अधिकृतको जिम्मेवारी महेश शर्मा ढकाललाई दिएको छ ।
कम्पनीको पुष २५ गते बसेको संचालक समितिको बैठकले बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत ढकाललाई अर्का ब्यवस्था नभएसम्मका लागि कामु सीइओको जिम्मेवारी दिने निर्णय गरेको हो ।
