पुस २७ गतेदेखि नेपाल इन्भेष्टमेण्ट र मेगा बैंकको सेयर कारोबार रोक्का हुने

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल लिमिटेडकोे सेयर कारोबार रोक्का भएको छ । यी दुवै बैंकको पुस २७ गतेदेखि सेयर कारोबार रोक्का हुने भएको हो ।
यी दुवै बैंक एक आपसमा मर्जरमा गई पुस २७ गते बुधवारदेखि एकीकृत कारोबार सुरु गर्दैछन् । दुवै बैंकको शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकरण तथा सूचीकरण प्रयोजनका लािग एकीकृत वित्तीय कारोबार सुरु हुने मिति पुस २७ गतेदेखि सेयर कारोबार रोक्का हुने भएको छ । बैंकको पुस २५ गते बिहान बसेको संचालक समितिको बैठकले गरेको हो ।
नेपाल धितोपत्र बोर्डबाट जारी धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९ को निर्देशन बमोजिम सेयर कारोबार रोक्का हुने भएको छ । निर्देशिका अनुसार एकीकृत कारोबारपछि बढीमा १५ दिनमात्र कारोबार रोक्का राख्ने व्यवस्था रहेको छ ।