तपाईको खातामा आयो ८.२५ प्रतिशत बोनस शेयर ? आएको छैन् भने के गर्ने ?

काठमाडौं । एनएमबि बैंकले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश खातामा पठाउन सुरु गरेको छ ।
बैंकले पुष २६ गते (मंगलबार) बाट डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई ८.२५ प्रतिशत नगद लाभांश (कर सहित) जम्मा गर्न सुरु गरेको हो ।
साथै, हालसम्म सेयरअभौतिकीकरण नगराएका सेयरधनीले भने डिम्याट खाता खोलेर सेयर अभौतिकीकरण गर्न र बैंक खाता अद्यावधिक गरे पछि मात्र लाभांश खातामा आउने कम्पनीले जनाएको छ ।