मर्जपछि बनेको ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक’ को नयाँ लोगो सार्वजनिक

काठमाडौं । मर्जपछि बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नयाँ लोगो सावर्जनिक भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाल एक आपसमा गाभिएपिछ नयाँ लोगो सार्वजनिक भएको हो ।
यी दुवै बैंक मर्जरमा गएपछि आजदेखि एकीकृत कारोबार सुरु हुने भएको छ । यी दुबै बैंक एक आपसमा गाभिएपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको हो । मर्जपछि बन्ने बैंककको केन्द्रीय कार्यालय हाल नेपाल इन्भेष्टमेन्ट बैंकको केन्द्रीय कार्यालय रहेको काठमाडौं जिल्ला वडा नम्बर १ दरबारमार्गमा हुनेछ ।
यी दुबैं बैंक १००ः९० को अनुपातमा मर्जरमा गएका हुन् । यी दुवै बैंकलाई मर्जरमा जानका लागि नेपाल राष्ट्र बैंकले पुस १७ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो । मेगा बैंक गाभिने अन्तिमदिनसम्म कायम रहेको सम्पूर्ण सम्पत्ति तथा दायित्व नेपाल इन्भेष्टमेन्ट बैंकले व्योहोर्ने सकार्ने गरि कम्पनीले रजिष्ट्रारको कार्यालयले पुस २१ गते मर्जरमा जाने स्वीकृति दिएको हो । यी दुवै बैंक मर्जरमा जानका लागि गत जेठ २७ गते प्रारम्भिक सम्झौता भएको थियो ।
मर्जपछि बैंकको चुक्त पुँजी करिब ३५ अर्ब रुपैयाँ पुग्नेछ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाँडे बन्नेछन् । संचालकमा नेपाल इन्भेष्टमेन्ट बैंकबाट प्रजन्यराज भण्डारी र कवि टिव्रेवाला बन्नेछन् । त्यस्तै मेगा बैंकबाट गोपाल खनाल, मुक्तिराम पाण्डेय र मदन कुमार आचार्य संचालकमा रहने सहमति भएको छ ।
यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकले एक जना सञ्चालक भने टुंगो लगाउन बाँकी रहेको छ । मर्जरपश्चात् बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भने ज्योतिप्रकाश पाण्डेय बन्नेछन् । साथै, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत भने मेगा बैंकले पाउने सहमति भएको छ ।
मर्जपछि बैंकको शाखा २९६ वटा हुनेछ । बैंकका अनुसार काठमाडौं उपत्यकामा मात्रै ८८ वटा शाखा रहनेछन् । ६० वटा एक्सटेन्सन काउन्टर र २७७ वटा एटिएम पुग्नेछन् । त्यस्तै बैंकले १०९ वटा शाखारहित सेवा प्रवाह कार्यालय समेत सञ्चालित छन् ।