नेपाल इन्भेष्टमेन्ट मेगा बैंक अब ‘टप थ्री’ : प्रतिफलमा न्यायोचित वृद्धि, मर्चेन्ट बैंकिङ्ग सेवामा ‘नम्बर वान’

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल लिमिटेडले आजदेखि एकीकृत कारोबार थालनी गरेका छन् । दुई बैंक मर्ज भई नेपाल इन्भेष्टमेण्ट मेगा बैकको नामबाट आजदेखि विधिवत रुपमा एकीकृत कारोबार सुरु गरेका हुन् ।
‘समृद्धिको पथमा अघि बढ्दै’ भन्ने नाराका साथ एकीकृत कारोबार सुरु गरेको बैंकले एकता र उत्कृष्टतालाई जोड दिएको छ ।मर्जपछि बन्ने बैंककको केन्द्रीय कार्यालय हाल नेपाल इन्भेष्टमेन्ट बैंकको केन्द्रीय कार्यालय रहेको काठमाडौं जिल्ला वडा नम्बर १ दरबारमार्गमा हुनेछ ।
काठमाडौमा आयोजित एक औपचारिक कार्यक्रममा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडका अध्यक्ष पृथ्वी बहादुर पाँडे र मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले संयुक्त रूपमा एकीकृत कारोवार सुभारम्भ भएको घोषणा गरेका हुन् ।
कारोबार शुभारम्भमा बैंकका अध्यक्ष पाँडेले मर्जपछि बैंक कोर क्यापिटलको आधारमा नम्बर वान भएको दावी गरे । उनले चुक्ता पुँजी, चुक्ता पुँजीका आधारमा नम्बर २, जगेडा कोषमा नम्बर २, टोटल इक्विटी, लोनमा नम्बर १, रहेका दावी गरे । यस्तै उनले डिपोजिटमा नम्बर २, टोटल एसेस्टमा नम्बर २, नाफामा नम्बर ३, कुल शाखा सञ्जालमा नम्बर २, उपत्यकाभित्र नम्बर २, एटीएममा नम्बर ३, कर्मचारी संख्यामा नम्बर ३, एक्सटेन्सन र नम्बर ३ र ग्राहकका आधारमा नम्बर १ बैंक रहेको अध्यक्ष पाँडेको दावी छ ।
उनले भने,–‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक एक उत्कृष्ट बैङ्कका रुपमा देखिन्छ । हामी कर्पोरेट बिजनेस गर्ने बैङ्क हो । इन्भेष्टमेन्ट बैंकले कर्पोरेट बैंकिङमा बढी फोकस छ भने मेगाले एसएमईलाई बढी फोकस गर्छ । यो हाम्रो लागि राम्रो कम्बिनेसन हो । सबै हिसाबले सिजर्नी आउँछ भन्नेमा म विश्वस्त छु ।’
बैंकहरुलाई प्राप्ति गर्दा संस्था चलाउन सजिलो हुने तर, मर्जर भएपछि भने संचालनमा अवसर र चुनौति रहने उनको भनाई थियो । ‘नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको सिनर्जी देखियो, अब हामी टप थ्रीमा आउने योजनासहित अघि बढ्छौं ।’–अध्यक्ष पाँडेले भने । उनले भने,–‘कुनैमा नम्बर वान, कुनैमा दोस्रो र कुनैमा तेस्रो नम्बरमा छौं । मर्जरपछि पनि उत्कृष्ट हुने हाम्रो लक्ष्य नै हो । हाम्रो बैङ्कको सञ्चालन नाफा कम छ । मर्जरपछि अहिलेको भन्दा राम्रो प्रतिफल हुन्छ ।’ लगानीकर्ताहरुलाई पनि उचित प्रतिफल दिने उनले प्रतिवद्धता छ ।
उनले मर्जपछि नेपाली मर्चेन्ट बैंकिङ्ग सेवामा नम्बर भएको दावी गरे । उनले भने,–‘ मर्जपछि हामी मर्चेन्ट बैंकिङ सेवामा नम्बर १ मर्चेन्ट बैंक हुन्छौं । एनआईबिएल एस क्यापिटल र मेगा क्यापिटलको मर्जपछि नम्बर १ मर्चेन्ट बैंक हुन्छ ।’
यता, मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले यी मर्जर देशको बैंकिङ क्षेत्र र अर्थतन्त्रका लागि सुखद र सकारात्मक कदम भएको बताए । मर्जरपछि दुवै बैकको नाम र काम अनुसारको गरिमालाई उच्च कायम राख्नुपर्ने आवश्यकता औल्याए । उनले दुबै बैंकमा रहेका असल परम्परा, संस्कार, ग्राहकहरुको सेवा, कर्मचारी व्यवस्थापन जस्ता सकारात्मक पक्षहरुलाई अंगिकार गर्नुका साथै सेयरधनीहरुको प्रतिफलमा न्यायोचित वृद्धि र निरन्तरता दिँदै जाने विश्वास व्यक्त गरे ।
दुई बैंकबीच सेयर स्वाप अनुपात १००.९० रहेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकलाई मर्जरमा जानका लागि नेपाल राष्ट्र बैंकले पुस १७ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो । मेगा बैंक गाभिने अन्तिमदिनसम्म कायम रहेको सम्पूर्ण सम्पत्ति तथा दायित्व नेपाल इन्भेष्टमेन्ट बैंकले व्योहोर्ने सकार्ने गरि कम्पनीले रजिष्ट्रारको कार्यालयले पुस २१ गते मर्जरमा जाने स्वीकृति दिएको हो । यी दुवै बैंक मर्जरमा जानका लागि गत जेठ २७ गते प्रारम्भिक सम्झौता भएको थियो ।
मर्जरपछि बनेको नयाँ बैंकको अध्यक्षमा पृथ्वीबहादुर पाँडे बनेका छन । बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ज्योतिप्रकाश पाण्डे रहेका छन् । बैंकको बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा महेश ढकाल रहनेछन् ।
बैंकको नयाँ सञ्चालक समितिमा दुबै बैंकको सञ्चालकहरुको प्रतिनिधित्व रहने गरी नेपाल इन्भेष्टमेण्ट बैंकको तर्फबाट प्रजन्य राजभण्डारी, कवि कुमार टिब्रेवाला रहेका छन् । मेगा बैंकको तर्फबाट गोपाल खनाल, मदन कुमार आचार्य, मुक्ति राम पाण्डे रहेका छन् । बैंकको स्वतन्त्र सञ्चालकमा भने मञ्जु बस्नेत रहेकी छिन् ।
मर्जर पश्चात बैंकको कुल चुक्ता पूँजी ३४ अर्ब १२ करोड रुपैयाँ, कुल पूँजी ५८ अर्बभन्दा बढी, कुल सम्पत्ति ४ खर्ब ७१ अर्ब रुपैयाँ रहेको छ । त्यसैगरी कुल निक्षेप ३६०.२ अर्ब, कर्जा लगानी ३२९.६ अर्ब हुनेछ । बैंकहरुको कुल ग्राहक संख्या ३० लाख बढी रहेको बैंकको दावी छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक देशकै ठुला वाणिज्य बैंकहरुमध्ये एक अग्रणी बैंक बनेको छ ।
त्यसैगरी मर्जरपछि बैंकको शाखा संख्या २९६ पुगेको छ भने एक्सटेन्सन काउन्टर ५९, शाखारहित बैंकिङ सेवा १०९ तथा एटिएम सञ्जाल २७९ पुगेको छ । निकटतम भविष्यमा थप शाखा सञ्जाल विस्तार गरी देशका ७७ वटै जिल्लाहरुलाई समेटेर हरेक नेपालीलाई वित्तिय पहुँच सुनिश्चित गरिने बैंकले प्रतिवद्धता जनाएको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकलाई मर्जरमा जानका लागि नेपाल राष्ट्र बैंकले पुस १७ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो । मेगा बैंक गाभिने अन्तिमदिनसम्म कायम रहेको सम्पूर्ण सम्पत्ति तथा दायित्व नेपाल इन्भेष्टमेन्ट बैंकले व्योहोर्ने सकार्ने गरि कम्पनीले रजिष्ट्रारको कार्यालयले पुस २१ गते मर्जरमा जाने स्वीकृति दिएको हो । यी दुवै बैंक मर्जरमा जानका लागि गत जेठ २७ गते प्रारम्भिक सम्झौता भएको थियो ।