बैंकर्स संघको अध्यक्षमा केसी चयन, यस्तो बन्यो संघको नयाँ समिति « Arthapath.com
२४ असार २०८२, मंगलबार

बैंकर्स संघको अध्यक्षमा केसी चयन, यस्तो बन्यो संघको नयाँ समिति



काठमाडौं । नेपाल बैंकर्स संघको नयाँ नेतृत्व चयन भएको छ । संघले अध्यक्षमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसी निर्विरोध चयन भएका छन् ।

बुधबार सम्पन्न संघको विशेष साधारण सभाले सीईओ केसीलाई अध्यक्षमा चयन गरेको हो । केसी यसअघि संघमा उपाध्यक्ष रहेका केसीले कार्यवहाक अध्यक्ष जिम्मेवार सम्हालेका थिए ।

यस्तै, संघको संघको उपाध्यक्षमा माछापुच्छे बैंकका सीईओ सन्तोष कोइराला चयन भएका छन्।

यस्तै सदस्यहरुमा लक्ष्मी बैंकका सीईओ अजय विक्रम शाह, नेपाल एसबिआई बैंकका सीईओ दीपक कुमार दे, नेपाल बैंकका सीईओ कृष्ण बहादुर अधिकारी, एनआईसी एशिया बैंकका सीईओ रोशन कुमार न्यौपाने, एभरेष्ट बैंकका सीईओ सेदश खालिंग र सनराइज बैंकका सीईओ सुमन शर्मा रहेको छन् । सल्लाहकारमा हिमालयन बैंकका सीईओ अशोक शमसेर जब राणा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्