प्राइम कमर्सियल बैंकको मुनाफा १ अर्ब ६५ करोड माथि, अन्य सूचक कस्तो ? « Arthapath.com
२३ असार २०८२, सोमबार

प्राइम कमर्सियल बैंकको मुनाफा १ अर्ब ६५ करोड माथि, अन्य सूचक कस्तो ?



काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार मुनाफामा झिनो गिरावट देखिएको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीको खुद मुनाफा १.५८ प्रतिशतले घटेर १ अर्ब ६५ करोड २० लाख ४४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा १ अर्ब ६७ करोड ८५ लाख ८९ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानीमा भने सुधार देखिएको छ । कम्पनीको खुद ब्याज आम्दानी २७.९६ प्रतिशतले बढेर ३ अर्ब ५३ करोड ७० लाख ४९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २ अर्ब ७६ करोड ४२ लाख रुपैयाँ रहेको थियो ।

साथै, गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ अर्ब ४० करोड ९७ लाख रुपैयाँ संचालन नाफा गरेको चालु आर्थिक वर्षको सोहि अवधिमा २.०१ प्रतिशतले घटेर २ अर्ब ३६ करोड १३ लाख रुपैयाँमा सिमिति भएको छ ।

समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी १९ अर्ब ४० करोड रुपैयाँ, जगेडा कोष २६.४५ प्रतिशतले बढेर ८ अर्ब ३५ करोड ९० लाख रुपैयाँ, निक्षेप २.६६ प्रतिशतले बढेर १ खर्ब ६४ अर्ब ४६ करोड ४७ लाख रुपैयाँ आर्जन गरेको छ ।

यस अवधिमा बैकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ०३ पैसा रहेकोछ भने प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ १० पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्