कुमारी बैंकको ७८ हजार कित्ता सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ? « Arthapath.com
२३ असार २०८२, सोमबार

कुमारी बैंकको ७८ हजार कित्ता सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?



काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ७८ हजार १६६ कित्ता सेयर विक्री गर्ने लागेको हो।

उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (माघ १३ गते) ले ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा आवेदन पेश गर्ने सक्नेछन् ।

तोकिएको अवधि भित्र उक्त सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएकाृे छ ।


प्रतिक्रिया दिनुहोस्