विद्युत नियमन आयोगबाट पायो अपि पावरले हकप्रद शेयर निष्कासनको अनुमति - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

विद्युत नियमन आयोगबाट पायो अपि पावरले हकप्रद शेयर निष्कासनको अनुमति



काठमाडौं । अपि पावर कम्पनी लिमिटेडलाई हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ । विद्युत नियमन आयोगले कम्पनीलाई हकप्रद निष्कासनका लागि अनुमति दिएको हो ।

कम्पनीलाई बोनस सेयर वितरण पछि कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न माघ १२ गतेको पत्र मार्फत स्वीकृती प्रदान गरेको हो । अब कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव वार्षिक साधारण सभाबाट पारित गराउनुपर्नेछ । दोस्रो चरणमा भने धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग पनि स्वीकृति लिनुपर्नेछ ।

यी सबै प्रक्रिया पूरा गरेर शेयरधनीहरूमा १ बराबर ०.४० को अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय कम्पनीले गरेको छ । प्रस्तावित ७.५ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी ४ अर्ब १३ करोडभन्दा माथि पुग्नेछ । सोही पूँजीको आधारमा कम्पनीले ४० प्रतिशत दरका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर जारी गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्