सिभिल बैंकको ४५ लाख ३७ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । सिभिल बैंकको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
सोमबार बैंकको ५ प्रतिशत बोनस बापतको ४५ लाख ३७ हजार ९२१ दशमलव ९५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
बैंकले करिव ११ कार्यदिन भित्र ५ वटा नियमनकारी निकायबाट स्वीकृति लिएर सो बापतको बोनस सेयर सूचीकृत गराउन सफल भएको हो । अब बैंकका सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा आएपछि लगानीकर्ताहरुले खरिदबिक्री गर्न सक्नेछन् ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्नो सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो ।