नेप्सेमा हिमालयन बैंकको ऋणपत्र सूचीकृत « Arthapath.com
२२ असार २०८२, आईतबार

नेप्सेमा हिमालयन बैंकको ऋणपत्र सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको ऋणपत्र सूचीकृत भएको छ । बुधबार हिमालयन बैंक लिमिटेडको २५ लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो ।

‘हिमालयन बैंक लिमिटेड बण्ड २०८६’ नामक ऋणपत्र सूचीकृत भएको हो । कम्पनीले वार्षिक १०.५ प्रतिशत ब्याजदर भएको ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८६’ नामक ऋणपत्र सूचीकृत गराएको हो ।

उक्त ऋणपत्र बिहीवार ( माघ १९ गते) देखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ । ऋणपत्रको स्टक सिम्बोल एचबीएलडी ८६ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्