प्रादेशिक कार्यालयको लागि २ कठ्ठा जग्गा खरिद गर्दै एभरेष्ट बैंक « Arthapath.com
१९ माघ २०७९, बिहीबार

प्रादेशिक कार्यालयको लागि २ कठ्ठा जग्गा खरिद गर्दै एभरेष्ट बैंक



काठमाडौं । एभरेष्ट बैंकले शाखा तथा प्रादेशिक कार्यालय संचालनका लागि घर जग्गा खरिद गर्ने भएको छ । बैंकले धनगढी स्थित शाखा तथा प्रादेशिक कार्यालय संचालनका लागि घर/जग्गा आवश्यक परेको जनाएको छ ।

घरजग्गा धनगढी चौराहा चोकबाट पूर्वतर्फ मेनरोड रातो/कैलाली पुल हुँदै क्याम्पस चोक आसापसको क्षेत्रमा हुनुपर्ने बैंकले जनाएको छ । जग्गाको क्षेत्रफल कम्तीमा १.५ कठ्ठादेखि दुई कठ्ठासम्मको हुनुपर्ने बैंकले जनाएको छ ।

सो क्षेत्रमा घरजग्गा बिक्री गर्न चाहाने घरजग्गाधनी वा व्यक्ति, फर्म, कम्पनी, संस्थाहरुले आजैका मितिले १० दिनभित्र प्रस्ताव पेश गर्न सक्नेछन् । प्रस्ताव बैंकको प्रादेशिक कार्यालय धनगढीमा पेश गर्नुपर्नेछ ।

बैंकका अनुसार घरजग्गा मुल सडकसंग जोडिएको तर, मोहडा करिव ४० फिटसम्मको हुनुपर्ने, स्थानीय निकायले उपलब्ध गराएको ढल निकास, विद्युत, खानेपानी लगायतको सुविधा भएको र घरजग्गा क्षेत्रभित्र उच्च क्षमताको विद्युतीय तार प्रवाह नभएको हुनुपर्नेछ ।

यस्तै, घरजग्गा/जग्गामा कुनै प्रकारको साँध सीमाना, सडक, सन्धी रुसर्पण, ढल निकासा आदि विवाद एवं मुद्दा नभएको तथा विवाद रहित हुनुपर्ने, प्रचलित सरकारी मापदण्ड बमोजिमको सडक क्षेत्राधिकार भित्र नपरेको हुनु पर्ने बैंकले जनाएको छ ।

यदि, प्रस्तावित घरजग्गा /जग्गा सडक विस्तार योजनामा पर्ने भएमा विस्तारमा पर्ने जग्गा घटाएर प्रस्ताव गर्नुपर्नेछ । तर, रजिष्ट्रेशन पास गर्दा नियमानुसार लाग्ने लाभकर विक्रीकर्ताले व्यहोर्नु पर्ने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्