सिद्धार्थ बैंकको साढे १ लाख कित्ता सेयर सर्वसाधारणलाई बिक्रीमा « Arthapath.com
२२ असार २०८२, आईतबार

सिद्धार्थ बैंकको साढे १ लाख कित्ता सेयर सर्वसाधारणलाई बिक्रीमा



काठमाडौ. । सिद्धार्थ बैंक लिमिटेडले सस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १ लाख ६० हजार कित्ता संस्थापक सेयर सर्वसाधारणमा विक्री खुला गरेको हो ।

कम्पनीले यस अघि विद्यमान संस्थापक सेयरधनीहरुलाई प्राथमिकता दिदैं खरिदका लागि ३५ दिने सूचना प्रकाशित गरेकोमा तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेपछि सर्वसाधारणलाई बिक्री खुला गरेको हो ।

उक्त शेयर खरीदका लागि आगामी सात दिनभित्र आवश्यक कागजात संलग्न गरी कम्पनी सचिवको कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ । कम्पनीको केन्द्रीय कार्यालय हात्तीसार, काठमाडौंमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्