नारा अध्यक्षमा गंगा नेपाल विजयी « Arthapath.com
२४ भाद्र २०७६, मंगलवार

नारा अध्यक्षमा गंगा नेपाल विजयी



काठमाडौं । नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा) को अध्यक्षमा गंगाप्रसाद नेपाल ३७ मत ल्याएर विजयी भएका छन । निकटतम प्रतिद्वन्दी कमलप्रसाद ठकुरीले २५ भोट ल्याएका छन ।
उपाध्यक्ष्मा नेपाल प्यानलकै मेघ आलेले ३७ मत ल्याएर विजयी भए भने चुडामणी अर्यालले २६ मत पाए । महासचिवमा ठकुरी प्यानलका शिशिर खनाल विजयी भए । खनालले ३५ मत ल्याए भने निकटतम प्रतिद्वन्दी शिव अधिकारीले २७ मत पाएका छन ।
भर्खरै सकिएको मत गणना अनुसार सचिवमा इन्द्र राई ३२ मतका साथ विजयी भए भने निकटतम प्रतिद्वन्दी राजु खड्काले ३० मत ल्याए । त्यस्तै कोषाध्यक्षमा रिता अधिकारी ३७ मत ल्याएर विजयी भइन । सहकोषाध्यक्षमा नारायण श्रेष्ठ ३० मत ल्याएर विजयी भए ।
त्यस्तै सदस्यहरुमा इन्दुदेवी वाग्ले ५४ मत, राजेन्द्र थपलिया ४० मत, र गोपाल राना ३८ मत तथा मदन ढकालले ३४ मत पाएर विजयी भए । निर्वाचनमा अधिकांस गंगाप्रसाद नेपाल प्यानलका विजयी भएका छन ।
नाराको ३१ औं अधिवेसनको आज मंगलबार संस्कृती पर्यटन तथा नागरीक उड्डयन मन्त्री योगेश भट्टराईले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । नारा अधिवेसनमा ६७ जना सदस्यले नयाँ नेतृत्वको लागी मतदान गरेका थिए । यद्येपी केही समयअघि टानमा बनेको प्यानलको प्रभाव नाराम पनि देखिएको छ । एक सदस्यले भने बाहिर पार्टीगत नदेखिएपनि आन्तरीक रुपमा उम्मेदवारहरुलाई निकट पार्टीहरुको आड देखिएको छ । निजी क्षेत्रको १० अर्वभन्दा बढी लगानी रहेको जलयात्रा पर्यटन प्रर्वद्धनमा अग्रणिय संस्था मानिन्छ ।


प्रतिक्रिया दिनुहोस्