चिनिया राष्ट्रपतीको २१ घण्टा नेपाल बसाईमा के-के भए ? « Arthapath.com
२७ आश्विन २०७६, सोमबार

चिनिया राष्ट्रपतीको २१ घण्टा नेपाल बसाईमा के-के भए ?



काठमाडौं । चिनका राष्ट्रपती सि चिनफिङको २ दिने नेपाल भ्रमण सकिएको छ । तर विश्वकै शक्तिशाली मानिएका छिमेकी देशमा राष्ट्र प्रमुखको २३ वर्ष पछिको भ्रमणलाई नेपाली जनताले चासोपुर्वक हेरेका थिए । लामो समयदेखी नेपालमा राजनितीक स्थीरता नहुनुले छिमेकी देशले पत्याएको थिएन । हाल आएर चिनिया राष्ट्रपती सिकधो भ्रमणले नेपालले थुप्रै विकास गर्नसक्ने अनुमान गरिएको छ ।
सि २१ घण्टा मात्र नेपाल बसेका थिए । नेपाली राष्ट्रपती विद्यादेवी भण्डारीको निमन्त्रणामा २ दिन नेपाल आएक सिले नेपाल एक अशल मित्रराष्ट्र रहेको सन्दैश दिएका छन । त्यतीमात्रै होइन राष्ट्रपती सिको विदाइको बेला अनुहार मलिन बनेको थियो । त्यसले उनि नेपाल र नेपालीप्रति देखाएको माया सम्झेर भावनामा आएका थिए । राष्ट्रपति सिले नेपाललाई आगामी ३ वर्षभित्र ५६ अर्व नेपाली सहयोग गर्ने बचन दिएका छन ।
सिकै उपस्थितीमा दुई देशका अधिकारीहरु विच विभिन्न आर्थिक विकासमा साझेदारी गर्ने समझ्दारी भएको छ ।
यी हुन सहमति भएका विषय
१) सीमा व्यवस्थापन प्रणालीमा नेपाल सरकार र जन गणतन्त्र चीन बीचको सम्झौता
२) नेपाल सरकार र जन गणतन्त्र चीन बीचको एक्सचेन्ज र प्रशासन क्षमता अभिवृद्धिमा सहयोग
३) नेपाल आपराधिक मामिलामा पारस्परिक कानूनी सहयोगका बारे नेपाल र जन गणतन्त्र चीन बीचको सन्धि
४) नेपाल र चीनको बीचमा सगरमाथा र झुमुलंगमा संरक्षण सहयोगमा सम्झौता पत्र
५) नेपालको राष्ट्रिय योजना आयोग र जन गणतन्त्र चीनको राष्ट्रिय विकास तथा सुधार आयोग बीच उत्पादनशील क्षमतामा लगानी र सहयोगका मुख्य परियोजनाह?लाई प्रबद्र्धन गर्ने सहमति पत्र ।
६) छेन्दुमा नेपालको वाणिज्य दूतावास स्थापना गर्न नोटको आदानप्रदान
७) नेपालको भौतिक पूर्वाधार र यातायात मन्त्रालय र जन गणतन्त्र चीनको यातायात मन्त्रालयबीच चीन–नेपाल क्रस–सीमा रेलमार्ग परियोजनाको सम्भाव्यता अध्ययन ।
८) नेपालको काठमाडौं महानगरपालिका र जन गणतन्त्र चीनको नानजिन सहरबीच भगिनी सम्बन्ध स्थापनाको बारेमा सम्झौता ।
९) नेपालको बुटवल उप–महानगरपालिका र जन गणतन्त्र चीनको सिआन सहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता ।
१०) नेपाल सरकारको स्वास्थ्य र जनसंख्या मन्त्रालय र जन गणतन्त्र चीनको परम्परागत चिनियाँ औषधीको राष्ट्रिय प्रशासनबीच पारम्परिक चिकित्सासम्बन्धी सहमती ।
११) प्राकृतिक प्रकोप जोखिम न्यूनीकरण र आपतकालीन प्रतिक्रियामा सहयोग पुर्याउने सम्बन्धमा नेपालको गृह मन्त्रालय र जन गणतन्त्र चीनको आपतकालीन व्यवस्थापन मन्त्रालयबीच सहमति ।
१२) जन गणतन्त्र चीनको सर्वाेच्च व्यक्तित्वको प्रचारक र नेपालको महान्यायाधिवक्ताको कार्यालयबीचको सहकार्य सम्बन्धमा सहमती ।
१३) त्रिभुवन विश्वविद्यालयमा कन्फ्युसियस इन्स्टिच्युट स्थापना गर्ने सम्बन्धमा नेपालको त्रिभुवन विश्वविद्यालय र चीनको कन्फ्युसियस संस्थानको मुख्यालयबीच सहमती ।
१४) नेपाल सरकारबाट चीनमा सिट्रस फल निर्यातका लागि फाइटोसनेटरी आवश्यकताहरूको प्रोटोकल नेपाल सरकारको कृषि विभाग र जन गणतन्त्र चीनको भन्सार विभागको सामान्य प्रशासनबीच सम्झौता
१५) उद्योग, वाणिज्य र नेपाल सरकारको आपूर्ति मन्त्रालय र जन गणतन्त्र चीनको वाणिज्य मन्त्रालयबीच व्यापारमा संयुक्त कार्य समूहको स्थापना सम्बन्धमा सम्झौता ।
१६) नेपालमा चीन सहायता भूकम्प निगरानी नेटवर्क परियोजनाका लागि डेलिभरी र स्वीकृति प्रमाणपत्रमा सम्झौता
१७) नेपालको अर्थ मन्त्रालय र जन गणतन्त्र चीनको वाणिज्य मन्त्रालय बीच लगानी सहयोग कार्य समूह स्थापना गर्न सम्झौता
१८) टनेल निर्माण सहयोग सम्बन्धमा नेपालको अर्थमन्त्रालय र चीन अन्तर्रा्ष्ट्रिय विकास सहयोग एजेन्सीबीच सम्झौता
१९) सीमा सुरक्षा उपकरण र कार्यालय उपकरणका लागि पत्रको आदानप्रदान
२०) काठमाडौं उपत्यकामा चीन–सहायता नगरपालिका खानेपानी सुधार परियोजनाको सम्भाव्यता खोजीका लागि माइनुट मिटिङ सम्झौता


प्रतिक्रिया दिनुहोस्