वाग्मती प्रदेश सरकारले विभिन्न १० कृषि केन्द्रलाई रु १ करोड दिने « Arthapath.com
१ फाल्गुन २०७६, बिहीबार

वाग्मती प्रदेश सरकारले विभिन्न १० कृषि केन्द्रलाई रु १ करोड दिने



काठमाडौं । वाग्मती प्रदेश सरकारले विभिन्न १० कृषि केन्द्रलाई रु १/१ करोडका दरले अनुदान दिने भएको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको कृषि विकास निर्देशनालयले व्यावसायिकरूपमा काम गर्ने कृषि केन्द्रलाई अनुदान वितरणका लागि सम्झौता गरेको छ । विभिन्न जिल्लामा एकीकृत मोडेल कृषिफार्म विकास तथा विस्तार कार्यक्रमअन्तर्गत माग गरेको प्रस्तावनाबाट छनोट भएका व्यावसायिक फार्मलाई रु १/१ करोडका दरले अनुदान रकम दिन सम्झौता भएको हो ।

काभ्रेको गोल्डेन फार्म प्रालि, रामेछापको सप्तभूमि एग्रो फार्म एण्ड रिसर्च सेन्टर हेलम्बु, नुवाकोटको मध्यपहाडी कृषि फार्म र प्रसिद्ध कफी स्टेट प्रालि, चितवनको केरुङ सामुदायिक तरकारी कृषि फार्म, मकवानपुरको जिके कृषि फार्म प्रालि, सिन्धुलीको एग्रो कम्पनी प्रालि, धादिङको केवलपुर एग्रो फार्म प्रालि, सिन्धुपाल्चोकको एग्रिकल्चर प्रालि र रामेछापको एग्रो एण्ड लाइभस्टक नेपाललाई अनुदान दिने भएको हो ।

कृषि क्षेत्रमा काम गर्ने निजी फार्म, कृषक समूह र सहकारी छनोट गरेर उनीहरुलाई ५० प्रतिशत अनुदानका लागि प्रतिकृषि केन्द्र रु १ करोडका दरले उपलब्ध गराइने सम्झौता भएको कृषि विकास निर्देशनालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्