करिव एक बर्षपछि धनगढी–अछाम उडान शुरु « Arthapath.com
२१ फाल्गुन २०७६, बुधबार

करिव एक बर्षपछि धनगढी–अछाम उडान शुरु



काठमाडौं । ११ महिनापछि धनगढी–अछाम–धनगढी उडान शुरु भएको छ । समिट एयरले बुधबार अछामबाट धनगढी र धनगढीबाट अछाम हवाई सेवा सञ्चालन गरेको हो । अछामबाट धनगढी आउँदा १६ जना र धनगढीबाट अछाम जाँदा ६ जना यात्रु रहेको समिट एयरले जनाएको छ ।

धनगढी देखी साँफेबगर सम्मका लागि ३ हजार ६ सय भाडादर कायम गरिएको छ । धनगढी साँफेवगरको हवाई यात्राको दुरी १७ मिनेटको रहेको छ।


प्रतिक्रिया दिनुहोस्