बर्षाका कारण गहुँ उत्पादनमा १५ प्रतिशत ह्रास आउने « Arthapath.com
७ चैत्र २०७६, शुक्रबार

बर्षाका कारण गहुँ उत्पादनमा १५ प्रतिशत ह्रास आउने



काठमाडौं । चालु आर्थिक बर्षमा कैलाली र कंञ्चनपुरमा गहुँ उत्पादमा १५ प्रतिशत ह्रार अनुमान गरीएको छ । सुदूरपश्चिम प्रदेशका ९ जिल्लामध्ये कैलाल र कञ्चनपुर अन्नको भण्डारका रूपमा लिए पनि बर्षाका कारण उत्पादनमा ह्रास आउने अनुमान गरिएको छ ।

चालु आर्थिक बर्षमा अत्यधिक बर्ष भएका कारण गहँ बालीमा ह्रास आउने अनुमान गरिएको हो । गहुँ बालीका लागि चाहिनेभन्दा बढि बर्षा भएकाले उत्पादन घट्ने प्रदेशको भुमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । गरिमा धानबाट पिडित किसानलाई झन समस्या परेको हो ।

बिगतका बर्षहरुमा सिँचाईको अभावले गहुँ खेतीमा कमस् आएपनि चालु बर्षमा पटक पटक बर्षा हुँदा समस्या परेको हो ।

पटक पटक परेको बर्षले गहिरो भागमा रहेका गहुँ कुहीएर नष्ट भएको धनगढी जाँईका कृषक कमला चौधरीले बताईन् । उनले भनिन“विगतका बर्षमा पानीको समस्या भोग्दै आएका थियौँ, यस बर्ष बर्षा धेरै भएकाले आफूले १५ कठ्ठा जग्गामा लगाएको गहुँ कहिएर नष्ट भएको छ । अव के खाने भन्ने समस्या आयो ।”

त्यस्तै धनगढी जालीका जुगनी चौधरीले बिगतका बर्ष सिंचाई गर्न नपाँउदा गहँु उत्पादन ह्रास आएर समस्यामा थियौँ, यस बर्ष भने सिंचाईको समस्या नभएपनि गहुँमा दाना लाग्नेबेला पानी आउँदा बाली असर परेको बताईन ।

धनगढी उप महानगरपालीका १२ का नर बहादुर तामाङका अनुसार अग्लो ठाउँमा गहुँ बाली राम्रोे भएपनी होचो भागका बाली कुहीएर नष्ट भएको छ । उनले यस बर्ष गहुँ उत्पादन घट्ने बताए ।

यता बर्षाका कारण गहुँ उत्पादन घट्ने सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्र प्रसाद शर्माले स्विकार गरे । हिउँदको समयमा आवश्यकता भन्दा बढी मात्रामा बर्षा भएकाले गहुँ उत्पादनमा १५ प्रतिशत कमी आउने प्रारम्भिक अनुमान गरीएको उनले जानकारी दिए । यद्यपि अहीले नै तथ्यांक भने भन्न सकीने अवस्था नरहेको प्रवक्ता शर्मा बताउँछन ।


प्रतिक्रिया दिनुहोस्