कात्तिक ३ गतेदेखि खाद्य संस्थानले खसीबोकाको बिक्री गर्ने, करिब ५० हजार खपत हुने अनुमान « Arthapath.com
३० आश्विन २०७७, शुक्रबार

कात्तिक ३ गतेदेखि खाद्य संस्थानले खसीबोकाको बिक्री गर्ने, करिब ५० हजार खपत हुने अनुमान



काठमाडौं । खाद्य संस्थानले कात्तिक ३ गतेदेखी खसीबोकाको बिक्री गर्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कात्तिक ३ गतेदेखि काठमाडौं उपत्यकाको थापाथलीस्थित प्रादेशिक कार्यालय परिसरबाट कात्तिक ३ गतेदेखि दसैँका लागि खसीबोका बिक्री–वितरण गर्ने जनाएको छ ।

कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्षको दसैँमा खसी, बोका र च्याङ्ग्रा बिक्री गर्दै आएको छ । तर, यसपटक प्राविधिक कठिनाइले गर्दा मुस्ताङबाट च्याङ्ग्रा ल्याउन नसकिएको कम्पनीले बताएको छ ।

यस बर्ष २ हजार खसीबोका र च्याङ्ग्रा बिक्री गर्ने योजना रहे पनि आयातमा कठिनाइ हुँदा केही संख्यामा खसी र बोका मात्रै बिक्रीमा राखिने कम्पनीका बागमती प्रदेश कार्यालयका प्रमुख पवित्र गौतमले जानकारी दिए ।

यस वर्ष तुल्सीपुर, दाङ र हेटौँडाबाट एक हजारवटा खसीबोका ल्याइएको उनको भनाइ छ । कम्पनीले यसअघि दसैँका लागि एक हजारवटा खसीबोका र एक हजारवटा च्याङ्ग्रा बिक्री गर्ने बताएको थियो ।

पहिलो चरणमा १ हजार संख्यामा खसीबोका ल्याई बिक्रीमा राखिने र माग बढ्दै गए बजारलाई सन्तुलित राख्न थप आयात गर्न सकिने उनको भनाइ छ । खसीबोकाको मूल्य गत वर्षभन्दा ४० रुपैयाँ बढी परेकाले अघिल्लो वर्षभन्दा केही बढी मूल्य कायम हुन तर मूल्य निर्धारण आइतबार साँझ मात्रै तय हुने छ ।

कम्पनीले गत वर्ष जिउँदो खसीको मूल्य प्रतिकिलो ५ सय ६० रुपैयाँ निर्धारण गर्दै बिक्री–वितरण गरेको थियो । उक्त मूल्यमा प्रतिकिलो १० रुपैयाँ सहुलियत दिएर बिक्री गरेको थियो । दसैँका वेला काठमाडौं उपत्यकामा करिब ५० हजार खसी, बोका र च्याङ्ग्रा खपत हुने अनुमान छ ।


प्रतिक्रिया दिनुहोस्