UNWTO द्वारा आयोजित ग्लोबल स्टार्टअप प्रतियोगितामा नेपालको कम्युनिटी होमस्टे नेटवर्क बिजयी « Arthapath.com
६ फाल्गुन २०७७, बिहीबार

UNWTO द्वारा आयोजित ग्लोबल स्टार्टअप प्रतियोगितामा नेपालको कम्युनिटी होमस्टे नेटवर्क बिजयी



काठमाडौं । UNWTO  द्वारा आयोजित पर्यटन रूपान्तरणको लागि ग्लोबल स्टार्टअप प्रतियोगिता अन्तर्गत एस डी जी( ८ राम्रो काम र आर्थिक बृद्धि (Good Job and Economic Growth  )  विधा को विजेताको रूपमा नेपालको कम्युनिटी होमस्टे नेटवर्क सम्मानित भएको छ ।


संयुक्त राष्ट्र ईनोभेशन नेटवर्कले समर्थन गरेको यस प्रतियोगितामा करिब १०,००० प्रारम्भिक प्रस्तावहरु सहभागी थिए जसबाट विश्व पर्यटन क्षेत्रमा विविध प्रतिभाको क्षमता उजागर गर्दै दिगो विकास लक्ष्य (एसडीजी) मा योगदान पु¥याउने १८ देशका २५ बिजेताहरु निर्णायक मंडलले छनौट गरेका हुन्। विश्वपर्यटन क्षेत्रका विज्ञ नेताहरू मिलेर बनेको निर्णायक मंडलले स्टार्टअपहरूको स डी जी विशेष लक्ष्यमा योगदान पु¥याउने सम्भाव्यता, उनीहरूको स्केल(अप गर्ने क्षमता, प्रोडक्ट र यसको व्यवस्थापन टोली दुवैको परिपक्वता का आधारमा मुल्यांकन गरेका हुन् ।

एसडीजीहरूको प्रगतिका लागि बिशेष महत्व र योगदान दिनसक्ने २५ वटा बिस्वब्यापी बिजेताहरुमध्ये अमेरिकाले ९ प्रतिस्पर्धी विजेताहरूसँगै प्रस्तावहरू पेश गर्ने क्रममा अग्रिणी स्थान प्राप्त गरेको छ भने युरोपले ८ विजेता, एशिया र प्रशान्तक्षेत्रबाट ६ विजेता, र अफ्रिका र मध्य पूर्वी क्षेत्रबाट १(१ विजेता बनेका छन।

कम्युनिटी होमस्टे नेटवर्क (सीएचएन) का संस्थापक शिवप्रसाद ढकालले भने, “समुदाय आधारित पर्यटनको अग्रणी एवं उदाहरणीय गन्तव्यका रूपमा नेपाललाई स्थापित गर्ने अभियानले ग्ल्ध्त्इ जस्तो प्रतिष्ठीत संस्थाबाट सम्मान प्राप्त गर्नु सम्पुर्ण सीएचएन टोली र हाम्रो राष्ट्रको लागि ठूलो सम्मान हो। समुदायमा आधारित पर्यटन नेपालको अथाह पर्यटन आयामहरुलाई उजागर गर्न ग्रामीण र उदीयमान पर्यटन स्थलहरुमा मौलिक स्थानीय अनुभव प्रदान गर्ने र देशभरका पर्यटन सम्भावनाहरुलाई प्रतिफुस्टीत गराउने एक नमूना प्रोडक्ट हुनसक्दछ तर हामीले यसको सञ्चालन र व्यवस्थापनमा दिगो र जिम्मेवार अभ्यासहरू अपनाउनु पर्दछ ।“


प्रतिक्रिया दिनुहोस्