डीडीसीको महाप्रबन्धकका लागि दरखास्त आह्वान, महाप्रबन्धक पौडेलको कार्यकाल सकिँदै « Arthapath.com
२५ माघ २०७८, मंगलवार

डीडीसीको महाप्रबन्धकका लागि दरखास्त आह्वान, महाप्रबन्धक पौडेलको कार्यकाल सकिँदै



काठमाडौं । सरकारले दुग्ध विकास संस्थान (डीडीसी) को महाप्रबन्धकका लागि दरखास्त आह्वान गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले डीडीसीका महाप्रबन्धक रुद्र पौडेलको कार्यकाल सकिनु अगाडि नै दरखास्त आह्वान गरेको हो ।

पौडेलको दुई वर्षे कार्यकाल आगामी फागुन २५ गतेदेखि सकिँदैछ । डीडीसीका महाप्रबन्धक बन्नका लागि सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति तथा मनोनयन सम्बन्धि निर्देशिका, २०७६ को दफा ३ उपदफा २ (ग) बमोजिमको शैक्षिक योग्यता हासिल गरी कुनै संस्था वा निकायमा व्यवस्थापकको हैसियतले कम्तीमा १० बर्षेको कार्य अनुभवका साथमा दुग्ध विकास संस्थानको वर्तमान अवस्था, चुनौती र सुधारका विषय समेटिएको बढीमा ५ हजार शब्दमा व्यावसायिक कार्ययोजना समेत पेश गर्नु पर्ने मन्त्रालयले जनाएको छ ।

दरखास्त दिने इच्छुकले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, अनुभव खुल्ने कागजातको प्रतिलिपि, वैयक्तिक विवरण, एक प्रति पासपोर्ट साइजको फोटोका साथ ३ हजार रुपैयाँ शुल्क लाग्ने छ । मन्त्रालयले २१ दिनको अवधि राख्दै मंगलबार दरखास्त आह्वान गरेको हो ।


प्रतिक्रिया दिनुहोस्