निजी डेरीले दूधको मूल्य लिटरमा १० रुपैयाँ वृद्धि गर्ने घोषणा « Arthapath.com
२८ माघ २०७८, शुक्रबार

निजी डेरीले दूधको मूल्य लिटरमा १० रुपैयाँ वृद्धि गर्ने घोषणा



काठमाडौं । निजी डेरीहरुले दूधको मूल्य लिटरमा १० रुपैयाँ वृद्धि गर्ने घोषणा गरेका छन् । नेपाल डेरी एसोसिएशन र डेरी उद्योग संघले शुक्रवार संयुक्त पत्रकार सम्मेलन गर्दै दूधको प्रतिलिटर मूल्य १० रुपैयाँले बढाएर ८६ रुपैयाँ कायम गरेको बताएका हुन् ।

बिहीवार सरकारी स्वमित्वको दुग्ध विकास संस्थान ९डीडीसी० ले प्रशोधित स्टान्डर्ड दूधको उपभोक्ता मूल्य प्रतिलिटर रू.९ ले बढाउने निर्णय गरेको थियो । डीडीसीले वृद्धि गरेको दूधको मूल्य स्वीकार्न नसकेर नयाँ मूल्य घोषणा गरेको डेरी उद्योग संघले बताएको छ ।

मूल्य वृद्धि भएसँगै अब ५०० एमएलको एक प्याकेटको खुद्रा विक्री मूल्य ४३ रुपैयाँ कायम भएको छ । यसअघि स्ट्यान्डर्ड प्रशोधित दूधको प्रतिलिटर बजार मूल्य ७६ रुपैयाँ थियो भने ५०० एमएलको एक प्याकेटको मूल्य ३८ रुपैयाँ रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्