बजेट तयारी तीव्र : अर्थमन्त्री पौडेलले गरे योजना आयोग र गभर्नरसँग परामर्श

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट तयारीलाई तीव्रता दिएका छन् ।
सोही सन्दर्भमा अर्थमन्त्री पौडेलले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र नेपाल राष्ट्र बैंकका गभर्नरसँग परामर्श गरेका छन् ।
अर्थ मन्त्रालयमा भएको छलफलमा मन्त्री पौडेलले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा।डा। शिवराज अधिकारी र राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलसँग समग्र बजेट नीतिको दिशा तय गर्न सल्लाह लिएका हुन् ।
छलफलमा वित्तीय नीति, राजस्व परिचालन, पूँजीगत खर्च वृद्धि, आयोजना व्यवस्थापन, निजी क्षेत्रको लगानी प्रवर्धन लगायतका विषयमा परामर्श गरिएको थियो ।
अर्थमन्त्रालयले बजेट निर्माणलाई यथासक्य व्यावहारिक, परिणाममुखी र समावेशी बनाउने दिशामा विभिन्न निकायहरूसँग परामर्श प्रक्रिया तीव्र बनाएको छ ।