काठमाडौं । विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको स्वास्थ्य उपचारको व्यवस्था गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासबाट जारी आदेशमा प्रसाईंको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै आवश्यक उपचारको प्रबन्ध मिलाउन भनिएको हो । व्यवसायी प्रसाईले तारेक वा हाजिर जमानीमा रिहा गरियोस् भनी निवेदन दिएका थिए । तर, अदालतले