१५ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

कर्णाली डेभलपमेन्ट बैंक घोटाला: ३ अर्ब २० करोड अपचलन, १०८ जनाविरुद्ध मुद्दा सिफारिस

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकमा भएको ठूलो आर्थिक घोटालाबारे अनुसन्धान गर्दै आएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकको करिब ३ अर्ब २० करोड रुपैयाँ अपचलन भएको निष्कर्ष निकालेको छ। सीआईबीले अनुसन्धान सकेर सरकारी वकिलको कार्यालय, बाँकेमा प्रतिवेदन बुझाइसकेको छ। प्रतिवेदनअनुसार बैंक सञ्चालक समितिका तीन जना अध्यक्षसहितका पदाधिकारीहरूले मिलेर सो रकम