काठमाडौं । सरकारले डेढ दर्जन निर्माण कम्पनी तथा आपूर्तिकर्ताहरुलाई कालो सूचीमा राख्ने भएको छ । विभिन्न सार्वजनिक निकायहरुबाट लेखी आएको सिफारिसका आधारमा १८ वटा कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाइएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ । ती कम्पनीहरुले सात दिन भित्र कालो सूचीमा नपर्ने कारणसहित स्पष्टीकरण पेश गर्नुपर्नेछ