काठमाडौँ । वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई त्यहाँको अदालतले मृत्युदण्डको सजायँ सुनाएको खबर हामीले सुन्दै आएका हौँ । त्यसमध्ये कयौँ नेपालीलाई चन्दा उठाएरै भए पनि ‘रगतको मूल्य’ तिरेर जिवितै फिर्ता ल्याइएका पनि छन् । यसरी मृत्युदण्ड दिनेमा पश्चिम एसियाका खाडी राष्ट्रहरु अगाडी छन् । अधिकतर मृत्युदण्डको कानून मुस्लिम बहुल मुलुकहरुमा सक्रीय