काठमाडौँ । चालू आर्थिक वर्ष सुरु भएपछि मुद्राफीति (औसत मूल्य बृद्धिको दर) बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको विवरण अनुसार यस्तो देखिएको हो । गएको असोज महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८२ प्रतिशत रहेको केन्द्रिय बैंकले जनाएको छ । यो भनेको गत माघ यताकै उच्च हो ।