काठमाडौं । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १५ दिनभित्र बक्यौता नतिरे उद्योगहरूको लाइन फेरि काटिने बताएका छन् । काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् । ‘हामीले मन्त्रिपरिषद्को निर्णयानुसार उद्योगहरूमा पुन: लाइन जोडेका छौं । यसअघि पनि ३ पटक उद्योगहरूको लाइन विच्छेद गरेका थियौं । तर सरकारको