काठमाडौं । मुनलाईट हाइड्रोपावर कम्पनीले आइपीओ निष्कासन गर्ने भएको छ । आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त गरेको छ । उक्त सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीइओ) विजय लाल श्रेष्ठ र मुनलाईट हाइड्रोपावरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीइओ) अनन्त कार्कीले हस्ताक्षर गरेका छन् ।